Logo

मनोरञ्जन

‘सिड्नीमा रेकर्ड गरिएको ‘यो मायालाई फकाउन’ अब भिडियोमा



काठमाडौं । ‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा  निर्माणमा आइतबार सार्वजनिक गरिएको हो ।

गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको आवाज रहेको छ । यस गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन् ।

विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको यस गीत सिडनीस्थित नेपमेलोको स्टूडियोमा रेकर्ड गरिएको हो । लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रीति र सम्राट सिडनीका धेरैजस्तो स्टेजहरूमा व्यस्त देखिन्छन् । गायक सम्राटको यो पहिलो गीत हो ।

प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन् । भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ । गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन् ।

गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १ : ०५ बजे