Logo

समाचार

प्रसूति गृहमा मानसिक स्वास्थ्य सम्बन्धी ओपीडी सेवा सुरु



काठमाडौ । काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिमा मानसिक स्वास्थ्य ओपीडी सेवा सुरु भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य ओपीडी सेवाको उद्घाटन गरेका छन् ।

उदघाटन समारोहपछि मन्त्री पौडेलले मन्त्रालयलाई उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यस अन्तर्गत काम गरिरहेको बताए ।

मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र नभइ नेपाली समाजलाई नै यसको परामर्सको आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने,‘उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यस अन्तर्गत काम गरिरहेको छौं । त्यसको लागि आज एउटा नयाँ प्रयास गरेका छौं । यो सानो कुरा हुनसक्छ तर असाध्यै महत्वपूर्ण विषय हो । यो मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र होइन् नेपाली समाजलाई नै यसको  काउन्सिलिङ आवश्यक छ ।’

सेवा सुरुवाताले गर्भवती महिलाहरुलाई धेरै राहत पुग्ने उनको भनाइ छ । उनले अस्पतालमा मानसिक सेवा सुरु गर्न जनशक्ति अपुग हुने कारण छात्रबृत्तिमा मानसिक स्वास्थय सम्बन्धि जनशक्तिलाई प्राथमिकतासाथ परोपकारमा पठाउन पहल गर्ने र उनीहरुलाई थप शसक्त बनाउने पनि प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १२ : ०७ बजे