Logo

मुख्य समाचार

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । आइतबारदेखि कम्पनीले कलंकी स्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा,च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरेको जनाएको छ ।

खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको छ भने अरू ल्याउने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : १५ बजे