Logo

ग्यालेरी

उत्साह र त्रासकाबीच काठमाडौं छाड्नेहरू… (फाेटाे फिचर)



हिन्दुहरुको महान पर्व वडादशैं सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरुको भीड बढेको छ । बाढी र पहिरोका कारण राजमार्गहरु असहज भएपनि गाउँ जानका लागि विहानैदेखि यात्रुहरुको चहलपहल देखिन्छ ।

सरकारले सोमबारदेखि नै रुट परमिट खुला गरिदिएपछि व्यवसायीहरुले जोखिम मोलेरै भएपनि सवारी साधनहरु संचालनमा ल्याएका छन् ।

यात्रुहरु उत्साह र त्रासकाबीच यात्रामा निस्किएका छन् । यसपालीको दशैंमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : ११ बजे