Logo

मुख्य समाचार

बकैयाका बाढीपीडितलाई राप्रपाले पठायो राहत सामाग्री



हेटौंडा । गत असोज ११–१२ गतेको अविरल बर्षा र बाढीले घरबार बगाएका बकैयाका पीडितलाई राप्रपा मकवानपुरले राहत सामाग्री पठाएको छ ।

मकवानपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य एवं राप्रपाका नेता दिपक बहादुर सिंहले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडित जनतालाई राहत उपलब्ध गराउन सम्राट सिंहको नेतृत्वमा राहत संकलन गरि खाद्यान्न, त्रिपाल र लत्ताकपडा शनिबार १ ट्याक्टर सामाग्री बकैया पठाएको हो ।

राहत संकलनकै क्रममा राप्रपाका हेटौंडा उपमहानगरपालिका वडा न.६ का नेताहरु केदार राई र सुनिल थापाको सक्रियतामा थप राहत सामाग्री संकलन गरि शनिबार जिल्ला कमिटीमार्फत बाढीपीडितलाई सामाग्री पठाएको छ ।

०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी समेत बनेका नेता राईका अनुसार ६ नम्बर वडाका विभिन्न व्यक्तिहरुको सहयोगमा ३१ हजार ३सय ३ रुपैयाँ बराबरको १० बोरा चामल, १ बोरा आलु, १ बोरा नुन, तेल र लत्ताकपडा पठाईएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ५९ बजे