Logo

मुख्य समाचार

काठमाडौंसहित यी १२ जिल्लामा आज बाढीको जोखिम


१७ आश्विन २०८१, बिहिबार  

115
Shares

काठमाडौं । वर्षासँगै देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

यस दिन पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ । यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

उदयपुर, रामेछाप, सिन्धुली, मकवनपुर, सप्तरी, सिरहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।

कोसी, नारायणी, कमला, वाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ९ : १४ बजे