Logo

मुख्य समाचार

प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा


१५ आश्विन २०८१, मंगलबार  

92
Shares

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

आयोगकका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोको क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त निर्णय भएको हो ।

त्यस्तै, आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : २५ बजे