Logo

मुख्य समाचार

नख्खु खोलामा उद्धार गर्न सरकार पुगेको थियो : गृहमन्त्री लेखक


१५ आश्विन २०८१, मंगलबार  

69
Shares

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले असोज १२ गते नख्खु खोलामा बाढी आएको बेला छानामा चढेर बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको बताएका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बाढीले बगाएका ४ जना मध्ये २ जनाको उद्धार भएको र २ जना अझै बेपत्ता रहेको बताए । उद्धारको प्रतीक्षामा रहेकाहरूलाई उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको दाबी गरे ।

उनले भने-‘अघि चित्रबहादुर केसीले बाहिर नख्खु खोलाको बारेमा सोध्नु भएको थियो, त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगेर रेस्क्यु गर्ने प्रयत्न गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गर्ने कोसिस गरेको हो । सरकार त्यहाँ नपुगेको भन्ने हाेईन । म अहिले पनि सबै प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्कमा छु ।’

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ५१ बजे