न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा छलफल भएको थियो । साथै, ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
प्रतिक्रिया