Logo

मुख्य समाचार

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार तुलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ १८ पैसा कायम भएको छ ।
युएई दिराम एकको खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २८ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ५७ बजे