Logo

मुख्य समाचार

वडाध्यक्ष ओली ८० हजार रुपैंयाँ घुस लिदालिदै पक्राउ



झापा । झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिदालिदै पक्राउ परेका छन् ।

झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् ।

घुस रकम लिदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए । पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिदालिदै ओली पक्राउ परेका हुन् ।

अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए । उनले प्रहरीको क्षेत्राधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसंधान कार्यालयमा खबर गरिएको बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : २८ बजे