Logo

मुख्य समाचार

राज्यका निकायहरु प्रभावकारी हिसाबले चल्न आवश्यक छ : एनपी साउद



काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक शक्ति कसरी बाँडफाँट भएको छ त्यो बुझ्न जरुरी रहेको बताएका छन् ।

सोमबार संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे साउदले संघ, प्रदेश र  स्थानिय तहमा बाडफाट भएको राजनीतिले सरकारका निकाय, संरचना, प्रभावकारी हिसावले चल्न सकेका छन् की छैनन् भन्ने कुरा महत्वपूर्ण भएको बताएका हुन् ।

उनले  भने, ‘संविधानमा निरन्तर परिवर्तन गर्नुपर्ने, संविधान परिवर्तनशिल दस्तावेज हो  भन्ने कुरालाई  मानेर हामी अगाडि बढिरहेको  अवस्था छ । राजनीतिक शक्तिको  बाड्फाट कसरी भएको छ यो एउटा महत्वपूर्ण कुरा छ । संघ, प्रदेश र स्थानिय तहमा हामीले चाँही राजनीतिक शक्ति कसरी बाँडफाँट गरेको छौं र  बाडेको राजनीतिक शक्तिले ती सरकारका निकाय र संरचनाहरु प्रभावकारी हिसावले चल्न सकेको छ की छैन भन्ने कुरा महत्वपूर्ण  हो ।’

साथै, उनले तीन वटा सरकार बनाएर पनि विकास खर्च अत्यन्त न्युन अवस्थामा रहेको बताए । उनले राज्यको साधारण खर्च धेरै बढेकोले चुस्त, दुरुस्त र व्यवहारीक बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ३ : ५४ बजे