Logo

मुख्य समाचार

नेपालीहरुका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्छ : महानायक हमाल



काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् ।

शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवम गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाहरुले स्वविवेकले छनोट गर्न सुझाए ।

उनले नेपाली युवाहरुका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तब्य रहेपनि वैदेशिक शिक्षा रोज्नेहरुका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए । उनले पछिल्लो क्यानाडा पनि भरपर्दो गन्तव्य भएको बताए ।

‘विद्यार्थीहरुलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ । आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन् । आफूमा भएको उर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन ।

यद्यपी, पछिल्लो समय क्यानाडा धेरै नेपालीहरुको उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गएको दुइमत छैन,’ उनले भने ।
कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रवन्ध निर्देशक धिरज कंडेलले क्यानाडा अध्ययनका लागि धेरै नेपाली युवाहरुको रोजाइमा रहेको बताए ।

उनले क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि लिएको नीतिका कारण अन्यौलता रहेको सन्देश वाहिर आएपनि सार्वजनिक भएजस्तो समस्या नभएको उनले बताए ।

कार्यक्रममा २५ बढी लोकप्रिय कलेज र विश्वविद्यालयहरुले परामर्श सेवा उपलब्ध गराएका थिए । उक्त अवसरमा कलेज वा विश्वविद्यालयका प्रतिनिधिहरुले सयौं विद्यार्थीहरुलाई परामर्श दिएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : २० बजे