Logo

मुख्य समाचार

प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच भेटघाट



काठमाडौं ।  प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत एयर चीफ मार्शल सुदर्शन पाथिरानाबीच भेतर्वाता भएको छ ।

बुधबार जङ्गी अड्डामा उनीहरूबीच  शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ३५ बजे