काठमाडौं । बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल भैइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया