Logo

मुख्य समाचार

आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस् : नवनियुक्त अध्यक्ष डिसी



काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै डिसीले आफुसँग भएको अन्र्तराष्ट्रिय र राष्ट्रिय सम्बन्ध लाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागी उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे इन्डष्ट्रि पूरै फाइदामै जाने बताएका हुन् ।

उनले  भने, ‘मलाई युज नगर्नुस् , राम्रो गर्नुस् इन्डष्ट्रि पूरै फाइदामा जान्छ, मसँग भएको अन्र्तराष्ट्रिय र राष्ट्रिय नेटर्वक र सम्बन्ध जुन छ ति सम्बन्धहरु यहाँहरुको गाडी चालकदेखि लिएर सदस्य सचिव ज्युसमेतले राम्रो कामको लागि प्रयोग गर्नु भयो भने व्यक्तिगत लगायत पेसागत हितका लागी पनि म उपयोगी हुन सक्छु , तर मलाई प्रयोग भएको महशुस भयो भने मेरो आमा शेर्पा हो भन्ने कुरा यहाँहरुलाई भन्न चाहन्छु ।’

साथै उनले आफू जागिर खानको लागि नभएर काम गर्न आएको उल्लेख गरे ।  उनले चलचित्र क्षेत्रलाई जिरोबाट सुरु गर्ने भन्दै अगाडि चिनेको दिनेश डिसीलाई सबैले भुल्नुपर्ने बताए ।  

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : १३ बजे