Logo

मुख्य समाचार

एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि साम्य पार्न सात जना नेतालाई जिम्मेवारी



काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि साम्य पार्न नेतृत्वले सात जना नेतालाई जिम्मेवारी दिएको छ ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले सातै प्रदेशका असन्तुष्ट नेता तथा कार्यकर्ताका समस्या सुन्न र समस्या सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो ।

अनौपचारिक बैठक बसेर असन्तुष्टि सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी दिइएको छ’, एक पदाधिकारीले भने, ‘कोशीमा जगन्नाथ खतिवडा,मधेसमा धर्मनाथ साह, बागमतीमा गंगालाल तुलाधर, कर्णालीमा प्रकाश ज्वाला, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा लुम्बिनीमा मेटमणि र सुदूरपश्चिममा भानुभक्त जोशीलाई जिम्मेवारी दिइएको छ ।’

सो पार्टीमा पदाधिकारी र पोलिटब्युरो चयनका क्रममा नेतृत्वले काखापाखा गरेको भन्दै चर्को असन्तुष्टि देखिएको छ । असन्तुष्टि जनाउँदै केन्द्रदेखि जिल्लास्तरका नेताहरूले धमाधम पार्टी छाड्न थालेपछि नेतृत्वले असन्तुष्टहरूलाई फकाउने प्रयास थालेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  २ : ३५ बजे