Logo

मुख्य समाचार

भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना



केदारनाथ । मर्मतकार्यका निम्ति लैजाँदै गरेको एमआई–१७ हेलिकोप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरले सन्तुलन गुमाउदा दुर्घटनामा परेको थियो ।

हेलिकोप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए । “हेलिकोप्टरमा कोही यात्रु वा सामान थिएन,” चौबेले भने, “घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको छ । टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ ।”

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ)को टोली दुर्घटनास्थलमा पुगी उद्धारकार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

दुर्घटनाको वास्तविक कारण अझै पत्ता नलागेको र अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  २ : ४७ बजे