Logo

मुख्य समाचार

नेपालको संसदीय अभ्यासमाथि सभामुखको प्रश्न



काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले कतिपय देशका संसदीय अभ्यासलाई गुरु मान्ने गरेको भएपनि ति अभ्यास नै व्यवहारिक नभएको बताएका छन् ।

आइतबार सिहंदरबारमा आयोजित प्रतिनिधिसभाको प्रभावकारिताको समिक्षाबारे छलफल कार्यक्रममा उनले नेपाललले गुरु(ब्रिटेनको प्रणाली) मान्ने संसदीय अभ्यास गरेका मूलुकहरुको नै कतिपय अभ्यासहरु व्यवहारिक नभएको भन्दै यसको परिवर्तन गर्ने बारेमा बहस र छलफल गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘समाज विकासको क्रममा संसदीय अभ्यास गरेका मुलुकहरुलाई गुरु मान्ने ढंगबाट सोचेको र उनीहरुले पनि आफूलाई गौरव मान्ने ढंगबाट गरेका कतिपय अभ्यासहरु हाम्रो सन्दर्भमा व्यवहारिक भइरहेको छैन् । तर हामीले तिनीहरुलाई आँटका साथ व्यवहारिहक छैन् भनेर परिवर्तन गर्ने बारेमा बहस गरिराखेका छैनौ । हाम्रै राम्रो पक्षलाई अंगाल्नुपर्छ ।’

उनले संसदीय गतिविधिको प्रभावकारीताहरुको बारेमा जानकार गराउन ७९ साल मंसिर ४ गतेको चुनाव पछाडि यसले गरेको कामहरुको समिक्षा गर्न जरुरी रहेको उनको भनाई छ ।

उनले राज्य सञ्चालनका तीन अंगहरु कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकाबीचमा नै राम्रो समन्वय नभएको गुनासो गरे । उनले बजेट प्रणालीमा सुधार गर्नुपर्ने औंल्याए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : ५० बजे