Logo

मुख्य समाचार

लोसपा शान्तिपूर्ण आन्दोलन गरेर स्थापित भएको हो : अध्यक्ष ठाकुर



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले केही दलहरुले हतियारको प्रयोग गरेर देशमा परिवर्तन ल्याएको आरोप लगाएका छन् ।

आइतबार मधेस आन्दोलनका शहीदहरुलाई माल्यापर्ण गर्दै उनले आफ्नो पार्टीले जहिले पनि शान्तिपूर्ण आन्दोलन गरेर देशमा स्थापित भएको बताएका हुन् ।

उनले भने, ‘मधेसमा हामीले ६ महिनासम्म निरन्तर आन्दोलन गरेका थियौं । आन्दोलनबाट धेरै नोक्सानीको सामना गर्नुपरेको थियो । हाम्रा पार्टीका धेरै नेता कार्यकर्ताहरु शहीद भइसकेका छन् । अहिले पनि धेरै नेता कार्यकर्ताहरु जेलमा छन्, कोही महोत्तरीको जेलमा छन् भने टिकापुर घटनापछि कोही थारु नेताहरु धनगढीको जेलमा छन् । आन्दोलन अपराधीक आन्दोलन थिएन्, लुटपिट, कुटपिट आन्दोलन पार्टीले गरेको थिएन् । सधैं शान्तिपूणर् ढंगले आन्दोलन गरेका थियौं तर अरु पार्टीहरुले हतियार उठाएर देशमा परिवर्तन ल्याएका हुन् । त्यो बेला धेरै धनजनको नोक्सान भएको थियो । बैंक लुटिएको थियो, गोदाम लुटिएको थियो र सबैभन्दा बढी मानवीय क्षति भएको थियो ।’

साथै उनले गोली चलाउन आवश्यक नभएको ठाउँमा समेत त्यो समय गोली चलेको बताए । उनले यतिका समयसम्म पनि कुनै प्रधानमन्त्रीले मधेस आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरेको दुखेसो पोखे ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : ४७ बजे