Logo

मुख्य समाचार

भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू नगर्न सर्वोच्चको आदेश



काठमाडौँ । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार राष्ट्रिय परिचयपत्र लागू नगर्नु–नगराउनु भनि आदेश जारी गरेको हो ।

सरकारले सामाजिक सुरक्षा भत्ता लगायतमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

सरकारको निर्णयविरुद्ध अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ३३ बजे