काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पिछडिएको खुलातर्फ भएको केन्द्रीय सदस्य निर्वाचनमा अर्जुन जंगबहादुर सिंह निर्वाचित भएका छन् ।
सिंह पार्टी सभापति शेरबहादुर देउवा प्यानलका हुन् । सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । सोही पदका अर्का प्रत्यासी दीपकजंग शाहले भने २०५६ मत ल्याएका छन् ।
आइतबार भएको निर्वाचनको मतगणना अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
प्रतिक्रिया