Logo

मुख्य समाचार

इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु



काठमाडौं। इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको हो ।

बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा उनीहरुको मृत्यु भएको हो । शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए ।

उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए । कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ । 

इराकमा बाढीमा परेर २१ जनाको मृत्यु भइसकेको छ । अझै कयौँ बेपत्ता रहेको र मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : १९ बजे