Logo

मुख्य समाचार

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कुरा गर्नु पनि अपराध हो : सांसद सिंह



काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंह भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद आफूहरुलाई अस्वीकार्य भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ र गराइमा फरक भएको टिप्पणी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भन्नुहुन्थ्यो तर अहिले पाँच वर्षे हदम्याद तोकेका छन्, यो कानून आउँछ भने राप्रपाले मान्दैन । यस्तै हो भने ललिता निवास, बालमन्दिर, गंगालाल अस्पतालका जग्गा र गिरीबन्धु टिस्टेटका अर्बौँ रुपैयाँ ब्रम्हलुट गरेको छ त्यसलाई पास गर्नको लागि नियतले ल्याउने गइरहेको छ । यही दिन देख्नको लागि राजा फ्याँकेको हो ।’

भ्रष्टाचारको मुद्दामा हदम्याद ल्याउने कुरा सदनमा उठ्नु पनि घोर अपराध भएको जिकिर गरे ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  २ : ५६ बजे