Logo

मुख्य समाचार

देशभर डेंगी र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ ? : सांसद पन्त



काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले देशभर डेंगी र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले देशभर डेंगीको प्रकोपले जनता हैरान रहेको बताइन् ।

उनले डेंगी प्रकोपको असर, प्रभाव र समस्या कहाँ–कहाँ छन् ? त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गरिन् । हैजा र डेंगी फैलिनुको कारण पत्ता लगाई संसद्मा जानकारी गराउन उनले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग ‘रुलिङ’को माग गरिन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  २ : ५१ बजे