Logo

मुख्य समाचार

गणेशमान सिंहको प्रतिमा भत्काइयो



काठमाडौं । २०४६ का जनान्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहलाई प्रजातन्त्र पुनस्र्थापना पछि लौह पुरुष उपनामले संवोधन गरिन्थ्यो । पञ्चायती शासनविरुद्ध अथक संघर्ष र प्रधानमन्त्री पद अस्वीकार गरेको कारण उनको छवि नेपाली जनमानसमा ध्रुवतारा जस्तै चम्किलो भएको थियो । सबै राजनीतिक दलका लागि पाच्य र ग्राह्य व्यक्तित्व उनै गणेशमान सिंहको प्रतिमाको सिरहामा हरिबिजोग भएको छ ।

पूर्वपश्चिम राजमार्ग ४ लेन विस्तार गर्ने क्रममा सोनापुर चोक स्थित गणेशमान उद्यान भत्काइएको छ । प्रतिमा फण्डिसनदेखि नै उखेलेर राखिएको छ । अब यो उद्यान कहाँ बनाउने , कसले बनाउने र गणेशमान सिंहको प्रतिमा कहाँ लगेर स्थापना गर्ने कसैलाई चासो छैन । सडकको किनारमा लौह पुरुषको प्रतिमा वेवारिसे अवस्थामा फालिएको दृश्य ज्यादै कुरुप देखिन्छ ।  प्रतिमाको बिजोग भएको छ ।

नेपाली कांग्रेसका स्थानीय नेता तथा लौह पुरुष उद्यान निर्माणमा सकृय  राम दयाल यादव भन्छन् २०४२ सालमा गणेशमान सिंह सोनापुर चोकमा आउनु भएको थियो । मेरै घरमा बसेर कार्यकर्ताहरुसँग भेटघाट गर्नुभयो । प्रजातन्त्र पुनस्र्थापना पश्चात सुशिलचन्द्र अधिकारी, गोपाल बहादुर राउत र म मिलेर चन्दा उठाएर यो उद्यान निर्माण गरेका थियौं । गणेशमान फाउण्डेशनबाट ३० हजार रुपैयाँ र प्रतिमा उपलब्ध गराइएको थियो । गणेशमान सिंहका सुपुत्र तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि यहाँ आएर प्रतिमामा मल्यापर्णण गर्नुभएको छ । 

प्रजातन्त्र पुनस्र्थापना पश्चात २०५० सालमा नेपाली कांग्रेसका स्थानीय पुराना पुस्ताका कार्यकर्ताहरु गोपाल बहादुर राउत, सुशिलचन्द्र अधिकारी र रामदयाल यादवको सकृयतामा चन्दा उठाएर हालको धनगढीमाई नगरपालिका वडा नं. ११ सोनापुर चोकमा राजमार्गसँगै प्रजातन्त्रका नायक “लौह पुरुष गणेशमान सिंह ” को अर्धकदको प्रतिमा स्थापना गरेका थिए । सानो आकारको उद्यान पनि निर्माण गरिएको थियो । मधेश आन्दोलन २०६३ मा पनि यस प्रतिमामा क्षति पु¥याइएको थियो । प्रतिमा स्थापना गर्ने मध्येका एक राम दयाल यादव भन्छन् बडो मुस्किलले अनुनय विनय गरेर हामीले यो प्रतिमा जोगाएका थियौं । अहिले सडक बिस्तार गर्ने क्रममा भताभुङ्ग पारियो

गणेशमान सिंहको एद्यान निर्माता गोपाल बहादु राउतले  ८५ वर्ष नाघेका छन् । उनी यस ठाउँबाट काठमाडौं बसाईँ सरे । उनी हिडडुल गर्न सक्दैनन् त्यसकारण सोनापुर आउन असमर्थ छन् । अर्का संस्थापक सुशिल चन्द्र अधिकारी अहिले राजतन्त्र पुनस्र्थापना आन्देलनमा सकृय छन् । राम दयाल यादव भन्छन् दशैंपछि यसको व्यवस्थापन गर्न कुनै उपाय गर्नुपर्ला । 

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ११ : ५४ बजे