काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबारको भन्दा तोलामा १ हजार रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाला सुन ९३ हजार तथा तेजाबी सुन ९२ हजार ५ सय रुपैयाँमा प्रतितोलामा खरिद बिक्री भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रतिक्रिया