Logo

मुख्य समाचार

प्रधानमन्त्रीसँग भेट्ने समय नपाउँदा राष्ट्रियसभालाई गुहार्न बाध्य भए : वामदेव गौतम



काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्री केपी ओलीसँग भेटेर समस्या राख्न खोज्दा समय नपाएको गुनासो गरेका छन् ।

आइतबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले देशमा घटिरहेको घटनाका बारेमा प्रधानमन्त्रीसँग भेट्न खोजेपनि समय नपाएको कारण राष्ट्रियसभालाई गुहार्न बाध्य भएको बताए ।

उनले भने, ‘देशको प्रमुख व्यक्तिसँग भेटेर कुरा गर्दा पनि हुने विषय हो हुन त । तर मैले समय पाउँदिन सरकारका माथिल्लो तहका प्रधानमन्त्रीसँग भेट गर्न त्यसैले मैले आज राष्ट्रिय सभालाई गुहारेको छु ।’

उनले भौगोलिक अवस्थाले नेपालमा विरश्वकै सबैभन्दा बढि प्राकृतिक घट्नाहरु घट्ने गरेको बताए । प्राकृतिक घट्नाहरुको पूर्वतयारीमा नेपालका राजनीतिक दलका नेताहरू र प्रधानमन्त्रीको समेत ध्यान जान नसकेको उनको भनाई छ ।

उनले भने, ‘नेपालमा जतिपनि घट्ना घटेका छन् हाम्रो प्राकृतिक अवस्था, भौगोलिक अवस्थाले हो । यही देशमा यति धेरै घट्ना घट्छन् संसारमा कुनै देशमा हुँदैन् । प्राकृतिक घट्नाहरु घट्नुभन्दा पहिले नै गर्नुपर्ने कामहरुका निम्ती नेपालका राजनीतिक पार्टी, प्रधानमन्त्री कसैको पनि ध्यान गएन ।’

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ४ : ३५ बजे