Logo

मुख्य समाचार

सोलुखुम्बुको थामेमा भीषण बाढी, दूधकोसी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


३२ श्रावण २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे आसपास भीषण बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

थुलुङ दुधकोसी गाउँपालिकाले एक सूचनामार्फत थामे क्षेत्रमा आएको बाढीको कारणले केही घर बगाइसकेको सूचना प्राप्त भएको जनाएको छ । गाउँपालिकाले दूधकोसी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत र सुरक्षित स्थानमा अस्न आग्रह गरेको छ ।

विज्ञहरुले भने हिमताल फुटेको अनुमान गरेका छन् । जलवजायुविज्ञ धर्मराज उप्रेतीले सामाजिक सञ्जालमा त्यस क्षेत्रमा वर्षा भएको अवस्था नहुनाले हिमताल फुटेको वा पहिरोले नदी केही समय थुनिएर आएको हुन सक्ने बताएका छन् ।

विगत १२ घण्टायता उक्त क्षेत्रमा खासै वर्षा भएको भने देखिँदैन ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : ०८ बजे