Logo

मुख्य समाचार

ठिक ढंगले काम गर्न नसक्दा भ्रष्टाचार बढिरहेको छ : मन्त्री गुरुङ


३२ श्रावण २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सुशासनको अभाव र ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको ‘रासस मिडिया संग्रहालय’ शुभारम्भ गर्दै उनले भ्रष्टाचारहरु भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न मिडियाको ठूलो भूमिका रहने बताए ।

उनले भने,‘सुशासनको अभावका कारणले भनौं अर्थात ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको दायित्व हो । भ्रष्टाचारहरु भइरहने, बिचौलियाको बिगबिगी भइराख्ने जनताको चाँही आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति छ । यस्तो परिस्थितिबाट मुक्त हुनको लागि मिडियाको ठूलो भूमिका छ ।’

उनले बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च भएको भन्दै त्यसले देश बन्न नसक्ने बताए । उनले पत्रकारको काम सरकारको आचोचना मात्र गर्ने नभएर आलोचनासँगै सत्य तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न सुझाव दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : १२ बजे