काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा सभामुख देवराज घिमिरेले बिचमै रोकेपछि संसद्मा विवाद सुरु भएको छ। सभामुखले ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै आफ्ना कुरा विशेष समयमा राखेका थिए ।
उनले आफ्नो कुरा राखेर विद्युत् प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न उठाउन थालेपछि सभामुखले रोकेका थिए । सभामुखले उनलाई रोकेपछि रास्वपा सांसदहरूले बोल्न नदिइएको भन्दै उठेर विरोध गरेका थिए ।
विवादपछि सभामुखले पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएका थिए । लामिछानेले ढकाललाई नै बोल्ने समय भएकाले उनलाई नै दिनुपर्ने माग गरेका छन् ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया