काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको प्रमाणित गर्न चुनौति दिएका छन् ।
मंगलबार एमाले अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा प्रचण्डले पूर्वराजा शाहसँगको सहमतिमा २०६१ साल माघ १९ गतेको घटना घटाइएको आरोप लगाएका थिए ।
अध्यक्ष प्रचण्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै सहमति प्रमाणित गर्न र नसके झुटो बोलेकोमा माफी माग्न चुनौति दिएका हुन् । प्रचण्डले एमाले अध्यक्ष ओलीले झुटो प्रचार गरेर आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेको प्रचण्डले आरोप लगाएका छन् ।
‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म, केपी ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौति दिन्छु’,विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया