Logo

मुख्य समाचार

काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी



काठमाडौं । काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।  उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् ।

खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका छन् ।

खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

उपसभापतिका उम्मेद्वार देउवाको प्यानलबाट खड्कासहित गच्छदार, शेखर कोइराला समूहबाट गुरुङसहित चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला, विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह र स्वतन्त्रतर्फबाट महेश आचार्य रहेका थिए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ५ : ०३ बजे