Logo

मुख्य समाचार

अख्तियार प्रवेश गरे निजी क्षेत्र निरुत्साहित गर्छ : घिमिरे



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुनेमा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सांसदहरूले सरकार आफैँले निजी क्षेत्रलाई ‘कन्ट्रोल’ गर्नुपर्ने बताए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कठोर सजाय गरिँदैमा भ्रष्टाचार निर्मूल नहुने बताए । क्रूर सजाय दिने विषय लोकतन्त्रको मर्यादाभित्र नपर्ने उनले उल्लेख गरे ।

“निजी क्षेत्रलाई अख्तियारको लगाम नलाऔँ । अख्तियार प्रवेश गरे निजी क्षेत्र निरुत्साहित गर्छ,” उनले भने, “सरकारले झ्वाँक चलेको दिन मुद्दा लगाउँछ ।”

कांग्रेसका अर्का सांसद नागिना यादवले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश दिइए ‘सिस्टम’ खलबलिने टिप्पणी गरिन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : १० बजे