Logo

मुख्य समाचार

कांग्रेसको निर्देशिका : जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने, भ्रष्टाचार गर्न नपाइने


२४ श्रावण २०८१, बिहिबार  

92
Shares

काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका जारी गरेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिका प्रस्तुत गरेका हुन् ।

उनका अनुसार जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशिका ल्याइएको हो ।

एक्काइस बुँदे निर्देशिकामा कानुनअनुसार अनिवार्य, नियमित र निर्धारित समयमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । यस्तै, फजुल खर्च, भ्रष्टाचार, अनियमितता, अपारदर्शिता, जवाफदेही नहुनेजस्ता बेथितिमा सरिक हुन नपाइने पनि उल्लेख छ ।

“मिडिया या हरेक नागरिकको सूचनाको हक कदर गर्दै कानुनतः मिल्ने सूचना र प्रस्टीकरण अनिवार्यसँग राख्ने छन्,” निर्देशिकामा लेखिएको छ, “आफ्नाबारेमा उब्जिएका प्रश्न या प्रकाशित समाचारलाई लिएर तिक्त प्रतिक्रिया नजनाई संयमले सम्बोधन गर्नेछन् । मिडियामैत्री व्यवहार अनिवार्य पालना गर्नेछन् । समाचार विवरण गलत छ भने खण्डन या कारबाहीसम्बन्धी स्थापित विधि पछ्याउने छन् ।”

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : ३८ बजे