Logo

मुख्य समाचार

टीआरसी विधेयक कानून समितिबाट पारित


२४ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ ।

सिंहदरबारमा आज (बिहीबार) बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।

बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रुपमा नै पारित भएको घोषणा गरेकी हुन् । उनले समितिबाट पारित भएको विधेयकलाई संसद्को अर्को बैठकमा पेस गर्नेगरी पत्राचार गर्ने बताइन् ।

उनले  भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदनको मस्यौदालाई प्रस्तुत भएकै  रूपमा  पारित भएको  घोषणा गर्छु । आजको बैठकबाट पारित  भएको समितिको प्रतिवेदनलाइ प्रतिनिधिसभाको आगामी  बैठकमा पेस  गर्ने व्यवस्था मिलाइदिनको  लागि सम्माननीय सभामुख समक्ष पत्रका साथ  अनुरोध गरिने व्यवस्था मान्य सदस्यलाई अवगत गराउँछु । ’     

त्यस्तै, बैठकमा कानूनमन्त्री अजय कुमार चौरसियाले मानव अधिकार उलंघन गर्ने,  पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरुबीचको सहमति महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : ०९ बजे