Logo

मुख्य समाचार

एक महिनाभित्र खेल क्षेत्रका सबै विवाद समाधान गर्ने मन्त्रीको प्रतिबद्धता


२४ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

बिहीबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा खेलकुदको मन्त्रीले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो ।

तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले तेक्वान्दो सबैभन्दा अनुशासित खेल रहेको भन्दै नियम र कानुन तोडियो भनेर विवाद सृजना भएको सुन्नमा नआएको बताए । उनले सरकारले एक महिना भित्रमा सबै खेल क्षेत्रमा रहेका विवादको समाधान गर्ने प्रतिवद्धता पनि जनाए ।

उनले भने,‘तेक्वान्दो खेलकुद क्षेत्रको सबैभन्दा अनुसाशित खेल हो । यसमा नियम र कानुन तोडियो भने विवाद सृजना हुन्छ । त्यसैले कानुन तोडिएको छ भने तपाइँहरु ढुक्क हुनुहोस्, केही महिना कुर्नु पर्दैन् । कम्तीमा एक महिनाभित्रमा यी कुराहरु समाधान हुनसक्छ । विवादहरु अब सरकारले चाँडै अन्त्य गर्छ ।’

प्रतियोगितामा तीनवटै विभागीय टिमलगायत सातवटा प्रदेशका महिला तेक्वान्दो खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा ग्यरोगी (फाइट) र पुम्से (फर्म) विधा समावेश गरिएको छ,जसमा ४४५ जना खेलाडीहरूले सहभागिताका लागि नाम दर्ता गरेको संघले जनाएको छ । खेलाडीहरूले ५२ वटा स्वणर् पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १२ : ४२ बजे