Logo

मुख्य समाचार

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?


२४ श्रावण २०८१, बिहिबार  

46
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ७ : ०० बजे