Logo

मुख्य समाचार

प्रतिनिधिसभा बैठक: आज पनि एमालेको अवरोध



काठमाडौं । आज बसिरहेको प्रतिनिधिसभाको बैठकमा पनि एमालेले विरोध जनाएको छ । संसद सुरु हुनासाथ एमालेले नाराबाजी गरेको हो ।

नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् । बैठक सुरू हुनअघि बसेको एमाले संसदीय दलको बैठकले अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

एमालेले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायत १४ जनालाई गरेको कारबाही कार्यान्वयन हुनुपर्ने माग गर्दै आएको छ ।

आफूले कारबाही गरेका १४ जनालाई संसदमा बस्न दिन नहुने एमालेले माग गर्दै आएको छ । मंगलबारको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : ३८ बजे