काठमाडौं । नेपाली कांग्रेसका नेता तथा जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले आकस्मिक पत्रकार सम्मेलन गर्दैछन् ।
हात्तीसारस्थित एक होटलमा कोइरालाले पत्रकार सम्मेलन गर्न लागेका हुन् । जारी महाधिवेशनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि आज फेरि दोस्रो चरणको निर्वाचन हुँदैछ ।
निर्वाचन सुरु हुनुअघि कोइरालाले पत्रकार सम्मेलन गर्न लागेका हुन् । अब सभापतिका लागि कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेछ । अरु तीन प्रतिस्पर्धी बाहिरिसकेका छन् ।
बाहिरिएको दुई प्रतिस्पर्धी प्रकाशमान सिंह र विमलेन्द्र निधीले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने बताइसकेका छन् । जसले गर्दा देउवाको जित लगभग सुनिश्चित जस्तै देखिएको छ । तर, पनि कोइरालाले आफू दोस्रो चरणको चुनाव पनि लड्ने बताएका छन् ।
प्रतिक्रिया