२८ मंसिर, काठमाडौं। व्यवसायीसँग मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत विष्णु ढुंगाना पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागमा भएको मुद्दा मिलाइदिन भन्दै ढुंगानाले बार्गेनिङ गरेको उजुरी प्रहरीकहाँ पुगेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले बताएका छन ।
उनले भने ‘उजुरीका आधारमा छानविन गर्दा संलग्नता देखिएपछि पक्राउ परेका हौं’ ,‘अपराधिक लाभ सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’
पीडितले आफूलाई निजामतीतर्फको अनुसन्धान अधिकृत बताउने अर्का एक व्यक्तिले पनि आफूसँग बार्गेनिङ गरेको बताएका छन् । तर उनको परिचय नखुलेको स्रोतले जनाएकाे छ।
स्रोतकका अनुसार ढुंगानाले ती व्यवसायीसँग आफू विभागमा कार्यरत प्रहरी निरीक्षक भएको परिचय दिएका थिए । उनीहरुले व्यवसायीलाई २० लाख रुपैयाँ मागेको पाईएकाे छ।
प्रतिक्रिया