Logo

मुख्य समाचार

पौडेलले आयोजना गरेको चियापानमा सहभागी भएर पौडेलविरुद्व नै नाराबाजी !



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा पौडेलविरुद्व नै नाराबाजी भएको छ ।

पौडेलले लैनचौरस्थित लैनचौन ब्याङ्क्वेटमा आयोजना गरेको चियापान कार्यक्रममा प्रतिनिधिहरुले नाराबाजी गरेका हुन् ।

सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै कोइराला पक्षले चियापान कार्यक्रमस्थल मै पौडेलविरुद्व नाराबाजी गरेका हुन् । 

अहिले शेखर कोइराला पनि चियापानस्थलमा पुगेका छन् । कोइराला पुगेपछि भने नाराबाजी रोकिएको छ । चियापान कार्यक्रममा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगेका छन् ।

पौडेलले दोस्रो चरणको निर्वाचन हुनुअघि प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका हुन् ।स 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ४४ बजे