Logo

मुख्य समाचार

‘देशमै बस्न सक्ने अवस्था नबनाएसम्म युवा दिवसको के अर्थ ?’


१७ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलनल चौधरीले, जबसम्म युवाहरुलाई नेपालमा बस्न योग्न बनाउन सकिँदैन तबसम्म युवा दिवस मनाएर मात्रै केही नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस २०२४ मूल समारोह समिति गठन कार्यक्रममा उनले जबसम्म युवाहरुलाई देशमै रोजगारी सृजना गर्न, युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् तबसम्म युवा दिवस मनाएर केही पनि नहुने बताए ।

उनले भने,मन्त्रालयमा हामी तीनसय जना बसेर युवा दिवस मनाएर भव्य हुँदैन् । देशका युवाहरु जबसम्म नेपालमा बस्नयोग्य बनाउन सकिँदैन, युवाहरुलाई रोजगारी सृजना गर्न सकिँदैन् । युवालाई बहस र छलफलमा अगाडि सार्न सकिँदैन् । जागरण अभियानमा लगाउन सकिँदैन् । तबसम्म केही हुँदैन् ।’

उनले आजैबाट नेपाली युवाहरुलाई नेपाल मै रोजगारी दिन सक्नेगरी वहस अगाडि सार्न सुझाव दिए । उनले युवाहरुलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह समेत गरे ।

‘अझै पनि हाम्रो देशमा युवाले बालबालिकाले पढ्न सकेको छैन् । म सम्पूणर्मा आग्रह गर्न चाहन्छु । हामी युवा दिवस मनाउ भव्य र सभ्य रुपमा आजदेखि प्रण गरौं । नेपाली युवाहरुलाई नेपालमै कसरी रोजगारी दिन सक्ने वहस अगाडि सारौं । युवाहरुलाई क्रियाशील बनाउन सक्रिय हुनका लागि सबैमा आग्रह गर्दछु ।’

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ४ : ५६ बजे