Logo

समाचार

तुल्सीलालमा क्रान्तिकारीपना थियोः विद्यादेवी भण्डारी


१७ श्रावण २०८१, बिहिबार  

92
Shares

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यले किसानहरुको  लागि क्रान्तिकारी काम गरेको बताएकी छिन् । 

२७ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा बोल्दै उनले कम्युनिष्ट नेतामा हुनुपर्ने गुण तुल्सीलालमा भएको जिकीर गरेकी हुन् ।

उनले  भनिन्, ‘तुल्सीलालले क्रान्तिकारी काम गर्नुभएको छ । २००६ साल भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय  संगठन समितिको सदस्य बन्नुभयो । यसरी नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपाको स्थापना कालदेखि नै नेतृत्वदायी  भूमिकामा रहँदै आउनु भएका तुल्सीलाल अमात्य जसको नेतृत्वमा मधेशका जिल्लाहरुमा किसान आन्दोलनको अगुवाई गर्नुभएको थियो । उक्त आन्दोलनको  शिलशिलामा करोडौं रुपैयाँ बराबरका जाली तमशुकहरु च्यात्ने काम समेत गरेर क्रान्तिकारी काम उहाँले गर्नुभएको थियो । ’

साथै उनले तुल्सीलाल अमात्य अर्थशास्त्रका ज्ञाता भएको समेत बताइन् । उनले पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको भूमिका महत्वपूर्ण भएको दाबी  गरिन् । उनले अमात्यको उच्च क्रान्तिकारी, नौतिकता, चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताइन् ।    

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ४ : ५५ बजे