Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन: तोकिएको समयभन्दा तीन घण्टा नाघ्दा पनि सुरु भएन मतदान



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि अहिलेसम्म पनि मतदान सुरु हुन सकेको छैन । मतदाताहरु बिहानैदेखि लाइन लागिरहेका छन् ।

मतपत्र छाप्न ढिला हुँदा सममै मतदान सुरू हुन नसकेको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्।

मतदानका लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ। 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ५१ बजे