Logo

मुख्य समाचार

मिडिया ’ट्रायल’ गृहमन्त्रालयको लागि घातक छ : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायलले गृहमन्त्रालय घातक भएको बताएका छन् ।

बुधबार बसेकोे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायलले गृहमन्त्रालय घातक छ, गृहमन्त्री ज्यु बच्नुहोला, तपाईंलाई पनि मायाँ गर्ने मान्छेहरु छन्, मैले त धेरै काम गर्न सकेन, तपाईं सक्नुहोला तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला । प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोक छ । मिडिया ट्रायल प्रतिस्पर्धी रुपमा रहेका छन् । मिडियाले सुरुमा भन्छ माहोल बनाइदिन्छु त्यसपछि माहोल बनाउँदै जाँदा सम्पादकीयबाट लिएर प्रहरीकोबारे नराम्रो समाचार लेखिदिन्छ , तर हाम्रो प्रहरी सक्षम छ, क्षमतावान छ,तागत छ र साहस पनि छ । ’

उनले प्रहरीलाई छानविन गर्न दिए सम्पूणर् कुरालाई अगाडि बढाएर छानविन गर्न सक्ने बताए । साथै उनले सबै कारागारमा बजेटको कमी भएको भन्दै नुवाकोट कारागारका लागि पनि बजेट आवश्यक रहेको बताए ।

उनले भने, ‘छानविनको लागि आवाज उठाउनु नराम्रो होइन । छानविन प्रहरीले पनि राम्रोसँग गर्छ, हस्तक्षेप गर्नु भएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायल हुन्छ । ’

साथै उनले यो समितिलाई अगाडि बढाउन वान टु वान प्रश्न उत्तर गर्दै गए सबै समस्याको समाधान हुने जिकिर गरे ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ३२ बजे