Logo

अर्थ

घट्यो सुनचाँदी मूल्य


१५ श्रावण २०८१, मंगलबार  

69
Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।

सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम रहेको थियो । 

सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ११ : ३७ बजे