Logo

मुख्य समाचार

स्वर्णिम वाग्लेको भनाइलाई लिएर रघुजीको आपत्ति



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै वाग्लेको भनाइ नेपालको परराष्ट्र नीति, स्वतन्त्रता र सर्वभौम सत्ता र असंग्लन परराष्ट्र नीतिविपरीत रहेको उनले जिकिर गरे ।

उनले भने, ‘उहाँको त्यो भनाइ देशविरोधी सार तत्वलाई बोकेको छ, देशभक्तहरूको अपमान गरेको छ । जे ढंगले उहाँहरूको महामन्त्रीले आरोप लगाउनुभयो । त्यो उहाँहरूको झगडामात्रै ठानेको थिएँ मैले, मैले उहाँको थोरै भिडिओ क्लिपमात्रै सुनेर भनेको होइन । सांसदले देशलाई अहित हुने घुमाएर नेपाललाई भुटान बनाउने, जबकी भुटान नै चीनसँग सम्बन्ध बनाउन खोज्दैछ ।’

उनले वाग्लेको अभिव्यक्तिमाथि छानबिन गर्न समिति माग नगरेपनि नेपालको संसदले अध्ययन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ०२ बजे