Logo

मुख्य समाचार

संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजे



काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकको समय सारिएको छ । सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।

अब आजै साँझ ५ बजे बस्ने गरी समितिको बैठक तय गरिएको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे बैठकबाट निर्णय गर्ने तयारी छ ।

प्रधानमाथि यौनशोषण मामिलामा मिलापत्र गरेको आरोप छ । प्रधानको नाम समितिबाट अनुमोदन नगर्न चौतर्फी दबाब छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : ०८ बजे