Logo

मुख्य समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक भोलि (सोमबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार दिउँसो १ बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुंगो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए ।

पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भुगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १० : ४५ बजे